नेकपा (एकीकृत समाजवादी)का पदाधिकारीको टुंगो राष्ट्रिय सम्मेलनबाट

नेकपा (एकीकृत समाजवादी)का पदाधिकारीको टुंगो राष्ट्रिय सम्मेलनबाट

केन्द्रबिन्दु
0
Shares

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले तत्काल पदाधिकारी चयन नगर्ने भएको छ।

चन्द्रागिरि रिसोर्टमा भएकाे नेपाल समूहको बैठकले राष्ट्रिय सम्मेलनबाट पदाधिकारीको टुंगो लगाउने निर्णय गरेको हो। यद्यपि पदाधिकारीको संख्या भने १७ जना राख्ने तय भएको छ।  

दलको विधानलाई अन्तिम रुप दिएपछि मात्रै राष्ट्रिय सम्मेलन गरेर पदाधिकारी टुंगो लगाउने निर्णय भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए।

बैठकले पार्टी दर्ता छिटोमा बिहीवार र ढिलोमा आइतवारसम्म टुंगो लगाउने निष्कर्ष पनि निकालेको छ।

त्यसैगरी दर्ता भएको एक सातामा राष्ट्रिय भेला गर्ने बैठको निर्णय छ। समाजवादीले पार्टीको विधानमा बहुपदीय संरचनालाई निरन्तरता दिने उल्लेख छ।

बैठकमा एमालेमा ६० जना केन्द्रीय सदस्य र ३२ सांसद  सहभागी भएको समाजवादीका नेताले दाबी गरेका छन्।न्युज कारखानाबाट

Logo