माधव नेपाल नेतृत्वको प्रस्तावित पार्टीको सनाखत बुधबार हुने

माधव नेपाल नेतृत्वको प्रस्तावित पार्टीको सनाखत बुधबार हुने

केन्द्रबिन्दु
0
Shares

माधव नेपाल नेतृत्वको प्रस्तावित एकीकृत नेकपा समाजवादी पार्टी दर्ता प्रक्रियाका लागि निर्वाचन आयोगले सनाखतको समय तोकेको छ।

आयोगले बुधबार बिहान ११ः३० बजेदेखि २ बजेसम्म सशरीर उपस्थित भएर सनाखत गर्नुपर्ने भनेको छ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बुधबार बिहान ११ः३० बजेदेखि २ बजेसम्म सशरीर उपस्थित भएर सनाखत गर्नुपर्ने जानकारी दिए।

राजनीतिक दल सम्बन्धी अध्यादेश अनुसार दल दर्ताका लागि संघीय संसद वा केन्द्रीय सदस्यको २० प्रतिशत हुनुपर्छ।

माधवकुमार नेपालले एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी दर्ताका लागि निवेदन दिएका छन्। 

अध्यादेश अनुसार २० प्रतिशत बनाउन २०३ सदस्यीय एमाले केन्द्रीय सदस्यको ४१ जना पुर्याउनु पर्छ।

नेपालले नयाँ दल दर्ताका लागि ५७ केन्द्रीय सदस्यहरुको नामावली निर्वाचन आयोगमा बुझाएका छन् । त्यस्तै २२ जना सांसद रहेका छन्।

Logo