निर्वाचन आयोग पुगे माधव पक्षका नेताहरू

निर्वाचन आयोग पुगे माधव पक्षका नेताहरू

केन्द्रबिन्दु
0
Shares

माधवकुमार नेपाल पक्षका नेताहरू निर्वाचन आयोग पुगेका छन्। आयोगले नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि नेताहरूलाई सनाखतका लागि बुधबार बोलाएको थियो। 

सोही प्रयोजनका लागि माधव नेपालसहितका नेताहरू कान्तिपथस्थित आयोग पुगेका हुन्।

राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएलगत्तै एमालेको नेपाल पक्षले नयाँ पार्टी दर्ताका लागि आयोगमा निवेदन दिएको थियो। 

आयोगले २० प्रतिशत केन्द्रीय सदस्य र सांसदको हस्ताक्षर गरेर आजै माधव नेपाल पक्षलाई नयाँ पार्टीको प्रमाणपत्र दिने भएको छ।न्युज कारखानाबाट

Logo