पार्टीका प्रतिनिधि राष्ट्र प्रमुख हुँदा नागरिकले साेचेको निष्पक्षता प्राप्त नहुँदो रहेछः अध्यक्ष राणा

पार्टीका प्रतिनिधि राष्ट्र प्रमुख हुँदा नागरिकले साेचेको निष्पक्षता प्राप्त नहुँदो रहेछः अध्यक्ष राणा

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्सेर राणाले विश्वको आस्थाको केन्द्र, एकमात्र हिन्दु राष्ट्रको चिनारी मेटेर धर्मनिरपेक्ष बनाउनु गल्ती भएको बताएका छन्।

नेपालमा हिन्दु राष्ट्रको पक्षमा जनमत व्यापक रहेको भन्दै अध्यक्ष राणाले हिन्दु राष्ट्र र धर्मनिरपेक्षबीच कुन राख्ने भन्ने निश्चित गर्न जनमत संग्रह गर्नु उपयुक्त हुने बताए।

‘एकमात्र हिन्दु राष्ट्रको रुपमा सम्पूर्ण विश्वले नेपाललाई आस्थाको केन्द्रविन्दुको रुपमा हेर्थे। धर्मनिरपेक्ष बनाएर हामीले त्यो चिनारी, आस्था सबै मेट्यौं,’ राणाले भने।

प्रजातन्त्रलाई सबल तुल्याउन, निष्पक्ष राष्ट्रप्रमुखको रुपमा राजसंस्था बहाली गर्नु पर्ने उनको भनाइ छ।

‘राष्ट्रप्रमुख त्यो संस्था हो जसले निष्पक्ष भएर काम गर्नुपर्छ। गणतन्त्रको बहालीदेखि अहिलेसम्मको अनुभवमा राष्ट्रपतिको भूमिका विवादस्पद रह्यो। पार्टीको प्रतिनिधि राष्ट्रप्रमुख हुँदा, सम्पूर्णले अपेक्षा गरेको निष्पक्षता प्राप्त नहुँदो रहेछ,’ उनले भने।

‘राष्ट्रप्रमुख पार्टी प्रति मात्र नभएर गुटको पक्षमा उभिनु दुःखद अनुभूति भयो। यसकारण निष्पक्ष राष्ट्रप्रमुखको रुपमा, रेफ्रिको भूमिकामा राजसंस्था पुनर्बहाली गर्नु आवश्यक भएको छ।’

कार्तिकमा तय भएको राप्रपाको महाधिवेशन समयमै सम्पन्न हुने उनको भनाइ थियो।

राप्रपामा दोस्रो पुस्ताको पनि दावी छ नि ? भन्ने प्रश्नमा, प्रजातन्त्रमा प्रतिस्पर्धामा उत्रन सबैलाई हक प्राप्त हुन्छ, उनले भने ।

महाधिवेशनबाट प्राप्त उर्जाबाट राप्रपा जनतामा स्थापित हुने उनले दावी गरे।

Logo