सनाखत गर्न महन्थ ठाकुर समूह पनि निर्वाचन आयोगमा

सनाखत गर्न महन्थ ठाकुर समूह पनि निर्वाचन आयोगमा

केन्द्रबिन्दु
0
Shares

महन्थ ठाकुर समूहका नेताहरु पनि दल दर्ताका लागि सनाखत गर्न निर्वाचन आयोगमा पुगेका छन्। 

जसपाको आधिकारिकता उपेन्द्र यादव समूहले पाएपछि महन्थ ठाकुर समूहले लोकतान्त्रिक समाजवादी पार्टी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए। 

दल दर्ता प्रक्रियाका लागि बुधबार आयोगले सनाखत गर्न ठाकुर समूहका नेताहरुलाई बोलाएको हो। सोही कारण अहिले प्रस्तावित लोसपाका नेताहरु सनाखत गर्न आयोगको कार्यालयमा पुगेका छन्। 

यसैबीच एमालेबाट अलग्गिएर माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी दल दर्ताका लागि आयोगमा निवेदन दिएका छन्। उनीहरु पनि अहिले सनाखतका लागि आयोगमा पुगेका छन्।न्युज कारखानाबाट

Logo