एमालेमा म निर्विकल्प होइनः ओली

एमालेमा म निर्विकल्प होइनः ओली

केन्द्रबिन्दु
0
Shares

एमाले अध्यक्ष केपी ओलीले आफू एमालेमा निर्विकल्प नरहेको बताएका छन्। 

बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले कुनै पनि क्षेत्र र वस्तु निर्विकल्प नरहने भन्दै आफू पनि निर्विकल्प नभएको बताए। 

तर, आगामी महाधिवेशनसम्म एमाले अध्यक्षको रुपमा आफू नै रहने उनकाे भनाइ छ। ओलीले महाधिवेशनपछि फेरि पनि आफू नै नेतृत्वमा आउन सक्ने संकेत गरे। 

अध्यक्षमा दाबी गर्नेहरू पार्टी छाडेर गएको उनको भनाइ थियो। अहिलेकाे अवस्था हेर्दा एमालेमा ओलीकाे विकल्प भने देखिन्न।

पार्टी एकता जोगाउने प्रयास असफल भएको भन्दै उनले भने अहिले प्रतिपक्षी दलमा एमालेको विकल्प नरहेको र आउँदो चुनावपछि फेरि एमाले सत्तापक्ष हुने दाबी गरे।न्युज कारखानाबाट

Logo