गृहजिल्ला रौतहटमा ओलीभन्दा माधव नेपाल कति बलियो ?, यस्तो छ समीकरण

गृहजिल्ला रौतहटमा ओलीभन्दा माधव नेपाल कति बलियो ?, यस्तो छ समीकरण

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो नेतृत्वमा नयाँ दल दर्ताको प्रक्रिया थालेपछि उनको गृहजिल्ला रौतहटमा नेता तथा कार्यकर्ताहरु पनि पक्ष विपक्षमा देखिएका छन्।

नेता नेपालले नेकपा (एकीकृत समाजवादी) दल दर्ता प्रक्रिया प्रारम्भ गरेसँगै रौतहटमा केपी ओली र नेपाल पक्षमा नेताहरु विभाजित भएका हुन्। रौतहटमा नेकपा गठन हुनु अघि एमालेमा ८१ सदस्यीय जिल्ला कमिटी रहेको थियो। जसमा नेपाल पक्षमा ५० सदस्य र ओली पक्षमा ३१ सदस्य रहेको एक नेताले बताएका छन्।

नेकपा एमालेका जिल्ला इन्चार्ज लालबाबु यादव ओली पक्षमा छन् भने संघीय सांसद कल्याणी कुमारी खड्का र सरला कुमारी यादव नेपाल पक्षमा छन्। यस्तै  संघीय सांसद् समिना हुसैन र रेखा कुमारी झा ओली पक्षमा छन्।

त्यस्तै नेकपा एमालेको प्रदेश कमिटी सदस्यमा रौतहटबाट ओली पक्षमा नौ जना र नेपाल सातजना रहेको प्रदेश कमिटी सदस्य उद्धब रेग्मीले जानकारी दिएका छन्। पूर्वमन्त्री प्रभु साहको समूहमा ६ जना प्रदेश कमिटी सदस्य रहेका छन्।

अध्यक्ष ओली पक्ष प्रदेश कमिटी सदस्यमा उद्वव रेग्मी, अब्दुल कलाम आजाद, दिलिप साह, सचितानन्द साह, जयचन्द्र पटेल, कपिलदेव पटेल, गुलाम सरवर देखिएका छन्।

नेपाल पक्षमा महेन्द्र चौलागाई, जयरानी देवी सहनि, कमलेश झा, शम्भु साह, हरिनारायण यादव, गिरिधारी मिश्र रहेको बताइन्छ । संविधान सभा सदस्य रामकुमार भट्टराई, शम्भु साह, लक्ष्मण रेग्मी नेपाल नेतृत्वको समाजवादीको पक्षमा उभिएका छन्। 

ओली पक्षमा संविधान सभा सदस्य बबन सिंह छन्। रौतहट क्षेत्र नम्बर २ मा सासद पदमा उठेका किरण साह पनि ओली पक्षमा छन्। सिंह र साह केही महिना अघि एमालेमा प्रवेश गरेका हुन्।

एमाले जिल्ला अध्यक्षमा तुलसीराज गिरी छन्। कमल यादवलाई हटाएर केही महिना अघि गिरीलाई अध्यक्षमा चयन गरिएको थियो। प्रदेश २ को प्रदेशसभामा एमालेभन्दा समाजवादी बलियो देखिएको छ। 

प्रदेशसभामा एमालेबाट प्रतिनिधित्व गर्ने कुल २१ सांसदमध्ये १३ जना समाजवादीमा खुलेका छन् भने एमालेमा आठ जना मात्रै देखिएका छन्।न्युज कारखानाबाट

Logo