महन्थ ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टी दर्ता, आयोगले दियो प्रमाणपत्र

महन्थ ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टी दर्ता, आयोगले दियो प्रमाणपत्र

केन्द्रबिन्दु
0
Shares

निर्वाचन आयोगले महन्थ ठाकुरको नेतृत्वमा प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दर्ता गरेको छ।

जनता समाजवादी पार्टी (जसपा)बाट छुट्टिएर बनेको लोसपालाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ (दोस्रो संशोधन अध्यादेश, २०७८) को दफा ३३ बमोजिम दर्ता गरेर प्रमाण दिएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सनाखतपछि दल दर्ता गरेर प्रमाणपत्र दिएको जानकारी दिए ।

ठाकुरको पार्टीको केन्द्रीय कार्यालय बबरमहल तोकिएको छ।

सरकारले ल्याएको २० प्रतिशत केन्द्रीय सदस्य वा सांसद पुर्‍याएर दल विभाजन गर्नसकिने अध्यादेशअन्तर्गत जसपा फुटेर लोसपा र एमाले फुटेर माधव कुमार नेपालको नेतृत्वमा नेकपा (एस) दर्ता भएको हो।न्युज कारखानाबाट

Logo