प्रदेश १ः एमाले संसदीय दलको नेतामा भीम आचार्य

प्रदेश १ः एमाले संसदीय दलको नेतामा भीम आचार्य

केन्द्रबिन्दु
0
Shares

नेकपा एमाले प्रदेश १ को संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन्। मुख्मन्त्री शेरधन राईको प्रस्तावमा आचार्य संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका हुन्।

एमाले संसदीय दलको बैठक आज बिहान ११ बजे बोलाइएको थियाे। सोही बैठकमा मुख्यमन्त्री राइले भीम आचार्यलाई दलको नेता चयन गर्न प्रस्ताव गरेका थिए। 

बैठकमा अनिवार्य उपस्थित हुन भन्दै माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा गएका भनिएका सांसदलाई समेत बोलाइएको थियाे। आज नै आचार्यले मुख्यमन्त्रीको सपथ लिने तयारी भइरहेको एमाले स्रोतले जनाएको छ।

९३ सदस्यीय प्रदेश १ को प्रदेशसभामा एमालेसँग ५१ सांसद रहेका थिए। सभामुखसमेत एमालेकै रहेको र एक सांसद अदालतले दोषी ठहर गरेपछि फरार छन्। एमालेलाई प्रदेशसभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ।

एकीकृत समाजवादीमा एमालेको केन्द्रीय सदस्यसमेत रहेका प्रदेश सांसद राजेन्द्रकुमार राई र राजन राईले निर्वाचन आयोगमा सनाखतमै हस्ताक्षर गरिसकेका छन्। 

प्रदेश १ मा एमालेबाट नेपाल नेतृत्वको समाजवादीमा जाने सांसदको संख्या ९ जना रहेको उनीहरूको दाबी छ। अहिले त्यो संख्या घटिसकेको एमाले स्रोतको दाबी छ। यसअघि नेपाल समूहमा रहेका आचार्यले एक पटक सहयोग गर्न भन्दै सांसदलाई फोन गरिसकेका छन्।

Logo