निवर्तमान मुख्यमन्त्री शेरधन राईले भने, ‘पार्टी बचाउन त्याग गरें’

निवर्तमान मुख्यमन्त्री शेरधन राईले भने, ‘पार्टी बचाउन त्याग गरें’

केन्द्रबिन्दु
0
Shares

प्रदेश १ का निवर्तमान मुख्यमन्त्री शेरधन राईले पार्टी एकता बचाउन मुख्यमन्त्रीबाट राजीनामा दिएको बताएका छन्।

‘हाम्रो पार्टीमा अनेकन समस्याहरू थिए, ती सबै समस्याहरू हल गर्न र पार्टीलाई एकतावद्ध बनाउन हामी जो कोहीले भूमिका खेल्नु पर्ने थियो। बागमती प्रदेशमा डोरमणि पौडेलले त्याग गर्नुभयो। प्रदेश एकमा म आफूले गरें’, राईले केन्द्रबिन्दुसँग भने।

निवर्तमान मुख्यमन्त्री राईले आफू निष्ठावान सिपाही रहेका कारण पनि त्यो त्याग गरेको स्पष्ट पारे।

‘एक समय माधव नेपालले नै आफूलाई मुख्यमन्त्री बन्न उक्साहाट  गर्नुभएको थियो, पार्टी अध्यक्ष र माधव नेपालले गर्नुभएको सहयोगका कारण म आफू मुख्यमन्त्री भएँ तर, पटक–पटक नेपाल–खनालले पुनः म प्रति घेराबन्दी गरि नवनियुक्त मुख्यमन्त्री भीम आचार्यलाई म विरुद्ध लगाउनु भयो। उहाँले पनि त्यो कुरा बुझ्नु भयो अहिले मैले पनि उहाँलाई पद त्याग गरेर सहयोग गरें’, राईले भने।

Logo