अफताब आलमकाे मुद्दामा आज सुनुवाइ नहुने

अफताब आलमकाे मुद्दामा आज सुनुवाइ नहुने

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका निलम्बित सांसद तथा पूर्वमन्त्री अफताब आलमकाे मुद्दामा आज सुनुवाइ नहुने भएकाे छ। 

इजलास अधिकृत इन्दिरा कार्कीले सरकारतर्फका कानुन व्यवसायीबाट मुद्दाको सुनुवाइ स्थगित भएकाे उल्लेख गरेकी छिन्।

न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा मुद्दाको सुनुवाइका लागि पेसी ताेकिएकाे थियाे। 

यसअघि २९ साउनमा मुद्दाको पेसी न्यायाधीशद्वय राउत र कुमार रेग्मीको संयुक्त इजलासमा ताेकिएकाेमा `हेर्न नमिल्ने´ भनिएकाे थियाे।

जिल्ला अदालत राैतहटकाे पुर्पक्षका लागि थुनामा राख्न दिएकाे आदेश उच्च अदालत वीरगन्जले सदर गरेपछि त्यसविरुद्ध सर्वोच्चमा २०७७ मंसिर १२ गते फैसला बदरकाे माग गर्दै निवेदन दिएका थिए।

उनीविरुद्ध विस्फोटक पदार्थ बमसमेतकाे प्रयाेग गरी ज्यान मार्ने उद्योग गरेकाे अभियाेग छ।

२०६४ चैत २७ गते आतंक फैलाएर निर्वाचन जित्ने उदेश्यले भारतदेखि पेशेवर बम बनाउनेहरू ल्याएर बम बनाउने क्रममा विस्फोट भएकाे र घाइते भएकाहरूलाई ज्युँदै इँट्टाभट्टामा हालेर हत्या गरेकाे अभियाेग छ।

उनी हत्या घटना भएकाे १३ वर्षपछि गत वर्ष पक्राउ परेका थिए।

Logo