प्रदेश १ को मन्त्री बन्ने लाइनमा यी चार सांसद

प्रदेश १ को मन्त्री बन्ने लाइनमा यी चार सांसद

केन्द्रबिन्दु
0
Shares

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्।

मन्त्री को–को बन्दैछन् भन्ने टुंगिएको छैन। तर, बुद्धीकुमार राजभण्डारी, तुलसी न्यौपाने, लछुमन तिवारी र बलबहादुर साम्सोहाङ मन्त्री बन्ने चर्चा छ।

राजभण्डारी र न्यौपाने पूर्वमुख्यमन्त्री शेरधन राई निकटका हुन्। तिवारी र साम्सोहाङ आचार्य भने निकट सांसद हुन्।

सांसद न्यौपाने माधवकुमार नेपाल एमालेमा छँदा उनी निकट मानिन्थे। केही महिना अगाडि नेपाललाई छाडेर उनी शेरधन कित्तामा पुगेका हुन्।

राजभण्डारी भने प्रदेश १ का एमाले संसदीय दलका सचेतक हुन्। 
उनलाई भने मन्त्री बनाउन आचार्यले अस्वीकार गरेको त्यहाँका एक एमाले सांसदले केन्द्रविन्दुलाई बताए।

तर, शेरधनले जसरी पनि राजभण्डारीलाई मन्त्री बनाउन आचार्यलाई दबाब दिइरहेका छन्।

साम्सोहाङ र तिवारीबारे भने विवाद नरहेको उनको भनाइ छ।

Logo