‘एमसीसी नभई हुन्न’ भन्ने विज्ञापनको कन्तबिजोक हुने भयोः पूर्वाधारविद् आचार्य

‘एमसीसी नभई हुन्न’ भन्ने विज्ञापनको कन्तबिजोक हुने भयोः पूर्वाधारविद् आचार्य

केन्द्रबिन्दु
0
Shares

पूर्वाधारविद् डा. सूर्यराज आचार्यले ‘एमसीसी नभइ हुन्न’ भन्दै एपिवान टेलिभिजनमा आएको विज्ञापनको ‘कन्तबिजोक’ हुने बताएका छन्। सोमबार उनले ट्वीटमा लेखेका छन्ः ‘…मलाई मन पर्छ’ वाला भिडियो जस्तै ‘एमसीसी नभई हुन्न’ भन्ने विज्ञापनको पनि कन्तबिजोक हुने देखियो। 

यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि मानिसहरूले ‘मलाई शेरबहादुर देउवा मनपर्छ किनभने…’ भन्दै गुणगान गाएको भिडियो उनको सचिवालयले सामाजिक सञ्जालमा ल्याएपछि सो भिडियो ‘ट्रोल’ र विरोधको विषय बनेको थियो। 

एपिवान टेलिभिजनबाट प्रसारित एक महिलाले एमसिसी नेपालको पक्षमा रहेको भनी आफ्ना साथीलाई सम्झाउँदै गरेको दृश्य भएको विज्ञापनको पनि ट्वीटरलगायत सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ। देउवाको भिडियोजसरी नै एमसीसीबारे विज्ञापन पनि हासो र विरोधको विषय बनेको आशय डा. आचार्यले व्यक्त गरेका हुन्।

सोमबार नै अर्को ट्वीटमा उनले लेखेका छन्, ‘टिभीमा बज्ने गरेको विज्ञापनमा मुलुकको हितमा नरहेको एमसीसी सम्झौता संसदबाट पास नभए विद्युत प्रसारण लाइन बन्नै नसक्ने आशयको भ्रामक सन्देश दिइँदै। प्रसारण लाइन प्राथमिकतामा हुनुपर्दछ। रू २०–२५ अर्बमा नेपाल आफैंले बनाउन सक्ने प्रसारण लाइनका लागि चर्को रणनीतिक मूल्यको एमसीसी आवश्यक छैन।’

पछिल्लो समय नेपालमा चर्कोरूपमा अघि आएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)बारे बहसमा डा. आचार्य एमसिसीको विपक्षमा रहँदै आएका छन्। सरकार पक्ष र अन्य राजनीतिज्ञले एमसीसीको बारेमा दिएको अभिव्यक्तिको ‘तथ्यजाँच’ पनि आचार्यले गर्दै आएका छन्।

Logo