बेपत्ता पारिएका व्यक्तिहरुलाई खोजी गर्न सरकार प्रतिवद्धः कानूनमन्त्री कार्की

बेपत्ता पारिएका व्यक्तिहरुलाई खोजी गर्न सरकार प्रतिवद्धः कानूनमन्त्री कार्की

केन्द्रबिन्दु
0
Shares

कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बेपत्ता पारिएका व्यक्तिहरुलाई खोजी गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग, नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री कार्कीले बेपत्ता पारिएका व्यक्तिहरुलाई सरकारले खोजी तथा अनुसन्धान गर्न तयार रहेको बताएका हुन्। उनले पीडितहरुलाई न्याय दिने कामलाई सम्बन्धित सरोकारवालाहरुसँग छलफल गरी टुंगोमा पुर्याउने आश्वासन पनि दिए।

कार्यक्रममा कानून बनाएर नपुग्ने भन्दै महान्यायाधिवक्ता खम्बबहादुर खातीले कानूनको परिपालना गरी अघि बढ्नुपर्ने बताए। उनले यो कुनै मुद्दा वा पार्टीको राजनीतिक विषय वस्तु नभएको बताउँदै शान्तिको लागि सम्झौता भएकोले बेपत्ता र बेपत्ता पारिएकाहरुको जिम्मेवारी सरकारले लिनुपर्ने बताए। यो पीडितको रोदनको कुरा भएकाले पीडितको माग सम्बोधन हुनुपर्ने बताए।

उनले भने, ‘आज परिवर्तनको लागि लडेका व्यक्तिहरुको, बेपत्ता पारिएका व्यक्तिहरुलाई न्याय दिनुपर्ने अवस्था छ, राज्यले कम्तिमा पनि बेपत्ता तथा बेपत्ता पारिएका परिवारप्रति एउटा अभिभावकत्व जिम्मेवारी लिनुपर्छ जस्तो मलाई लाग्छ।’

महान्याधिवक्ता खातीले मानिसको जीवन नै सबैभन्दा मूल्यवान हुने भन्दै मानिस हराउने र हराउन बाध्य पार्ने कारण कसैबाट नहोस् भन्ने कुरा नै बेपत्ता पारिएको पीडितहरुको अन्तर्राष्ट्रिय दिवस २०७८ को मुल कुरा भएको बताए। 

Logo