विवेकशील साझामा मिश्र र पाण्डेबीच शक्ति संघर्ष, केन्द्रीय कमिटीको बैठक छुट्टाछुट्टै

विवेकशील साझामा मिश्र र पाण्डेबीच शक्ति संघर्ष, केन्द्रीय कमिटीको बैठक छुट्टाछुट्टै

केन्द्रबिन्दु
0
Shares

विवेकशील साझा पार्टीमा संयोजकद्वय रवीन्द्र मिश्र र मिलन पाण्डेबीच शक्ति संघर्ष चर्किएको छ।

एमाले र जनता समाजवादी विभाजन भएलगत्तै आफूलाई वैकल्पिक राजनीतिक शक्ति दाबी गर्ने विवेकशील साझा पनि दुई चिरा हुने बाटोमा अघि बढ्न थालेको छ। 

मिश्रले संघीयता खारेजी, धर्मनिरपेक्षताको सम्बन्धमा जनमतसंग्रह र राजतन्त्रलाई विशेष शक्तिका रूपमा स्वीकार्नुपर्ने सार्वजनिक रुपमा प्रस्ताव गरेपछि विवेकशीलभित्र दरार पैदा भएको हो। मिश्रले सार्वजनिक रूपमा प्रस्ताव गरेलगत्तै पाण्डेलगायतले तीव्र असन्तुष्टि जनाएका थिए। मिश्रको प्रस्तावलाई काउन्टर दिने गरी पाण्डेले पनि दस्तावेज सार्वजनिक गरेका थिए। 

विभाजनलाई प्रश्रय हुने गरी मिश्र र पाण्डेले छुट्टाछुट्टै केन्द्रीय कमिटीको बैठक आह्वान गरेका छन्। बिहीबारका लागि मिश्रले बैठक बोलाएपछि पाण्डेले पनि छुट्टै केन्द्रीय कमिटी बैठक बोलाइनुले विवेकशील विभाजन उन्मुख देखिएको हो। मिश्रले बोलाएको बैठक पार्टी एकीकरणविपरीत रहेको भन्दै पाण्डेले बैठक बोलाएका हुन्।न्युज कारखानाबाट

Logo