देशको परिवर्तनका लागि प्रत्येक नागरिकसम्म शिक्षाको पहुँच पुग्नु आवश्यक: अध्यक्ष बिजुक्छे

देशको परिवर्तनका लागि प्रत्येक नागरिकसम्म शिक्षाको पहुँच पुग्नु आवश्यक: अध्यक्ष बिजुक्छे

केन्द्रबिन्दु
0
Shares

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशको आमूल परिवर्तनका लागि प्रत्येक नागरिकसम्म शिक्षाको पहुँच पुग्नुपर्ने बताएका छन्।

राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा मंगलबार भक्तपुर नगरपालिकाले आयोजना गरेको विचारगोष्ठीमा उनले सबै नागरिक शिक्षित भए देश परिवर्तन हुने बताएका हुन्।

पुस्तकालयमा बस्ने जनशक्तिलाई वैज्ञानिक पुस्तकालय व्यवस्थापनबारे तालिम सञ्चालन गर्नुपर्ने, प्राचिन महत्व बोकेका पुस्तकको सङ्ग्रह पुस्तकालयले सुरक्षित ढङे्गले राख्नुपर्ने र नयाँ पुस्तालाई विद्यार्थी जीवनदेखि पुस्तकालय गएर अध्ययन गर्ने संस्कृतिको विकास गर्नुपर्नेमा उनले जोड दिए। पुस्तकालयलाई ज्ञानको भण्डारका रूपमा  व्यवस्थित गर्नु जरुरी रहेको बताउँदै अध्यक्ष बिजुक्छेले भक्तपुरमा रहेको सार्वजनिक पुस्तकालयको व्यापक सदुपयोग गर्नुपर्ने औँल्याए।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विज्ञान र प्रविधिको विकाससँगै आधुनिक र प्रविधियुक्त पुस्तकालयको महत्व झन् बढ्दै गएको चर्चा गर्दै भक्तपुर नगरपालिकाबाट सञ्चालित जनज्योति पुस्तकालयलाई थप व्यवस्थित र समायानुकूल सुधार गर्ने प्रयास गरिरहेको बताए। नगरपालिकाका उपप्रमुख रजनी जोशीले पुस्तक पढ्ने बानी र पुस्तलकालयसँग अभ्यस्त रहने बानीले सुसंस्कृत, सुसूचित र सभ्य समाज निर्माणमा टेवा पुग्ने बताइन्।

इतिहासविद् डा पुरुषोत्तमलोचन श्रेष्ठले नेपालमा संस्थागतरूपमा पुस्तकालय स्थापना भएको २०० वर्षभन्दा लामो इतिहास पूरा भएको बताउँदै भक्तपुरको साकोथामा रहेको साफू कुथि छेँ नेपालकै पहिलो पुस्तकालय भएको र यसबाट भक्तपुर शिक्षाको केन्द्रका रूपमा रहेको चर्चा गरे।

Logo