बाग्मती प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीको दावी

बाग्मती प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीको दावी

केन्द्रबिन्दु
0
Shares

माधव नेपाल नेतृत्वको नवगठित नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले बाग्मती प्रदेशको मुख्यमन्त्रीमा दावी गरेका छन्।

मंगलबार नेकपा एमालेका १२ जना प्रदेशसभा सांसदहरुले प्रदेश निर्वाचन कार्यालयमा पुगेर आफूहरु एकीकृत समाजवादी पार्टीमा आवद्ध भएको सनाखत गरेसँगै नेता पाण्डेले सो प्रदेशको मुख्यमन्त्रीमा आफ्नो दावी रहेको प्रतिक्रिया दिएका हुन्। 

हेटौंडास्थित प्रदेश निर्वाचन कार्यालयमा सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिने क्रममा उनले १२ जना सांसदहरुले एमाले छाडेर आफ्नो पार्टीमा आएको जानकारी निर्वाचन कार्यालयले गराउना साथ प्रदेश सरकार अल्पमतमा पर्ने र त्यसपछि आफूले मुख्यमन्त्रीमा दावी गर्ने स्पष्ट पारे । आगामी भदौं २३ गते त्यहाँको प्रदेश निर्वाचन कार्यालयले एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्ने सांसदहरुको संख्या सार्वजनिक गर्नेछ। 

निर्वाचन आयोगले सो संख्या सार्वजनिक गर्ने वित्तिकै अष्टलक्ष्मी शाक्य नेतृत्वको वर्तमान प्रदेश सरकार अल्पमतमा पर्नेछ। त्यसै दिनदेखि नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्ने नेता पाण्डेले जानकारी दिए। नेता पाण्डेले सत्तारुढ दलहरु सबैले मुख्यमन्त्रीमा आफूलाई सहमति दिएको पनि बताए।

Logo