संवैधानिक इजलासमा प्रधानन्यायाधीश बस्न पाउने-नपाउने छिनोफानो आज

संवैधानिक इजलासमा प्रधानन्यायाधीश बस्न पाउने-नपाउने छिनोफानो आज

केन्द्रबिन्दु
0
Shares

संवैधानिक इजलासमा प्रधानन्यायाधीश बस्न पाउने वा नपाउने भन्ने विषयको विवाद बिहीबार सर्वाेच्च अदालतले निरुपण गर्ने सम्भावना देखिएको छ। 

प्रधानन्यायाधीश संवैधानिक परिषद् सदस्यसमेत हुन्। उनी सहभागी बैठकले गरेका निर्णयविरुद्ध परेका रिटमाथिको सुनुवाइका क्रममा संवैधानिक इजलासमा प्रधानन्यायाधीश बस्न पाउने वा नपाउने विवादको निरुपणा सर्वाेच्चले टुंग्याउने भएकाे हाे। 

तत्कालीन प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा प्रधानन्यायाधीशसमेत सहभागी रहेको संवैधानिक परिषद् बैठकले विभिन्न संवैधानिक निकायमा गरेको नियुक्ति बदरको माग राखेर सर्वाेच्च अदालतमा रिट परेको थियो। सो रिटकाे सुनुवाइ संवैधानिक इजलासमा हुने निर्णय भएकाे थियो।

सो इजलासमा प्रधानन्यायाधीश बस्न पाउनु पर्ने र बस्न नहुने भन्दै दुवै माग राखेर परेका छुट्टाछुट्टै रिटमाथि बिहीबार सुनुवाइ हुन लागेको हो। सो रिटको पेसी न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा तोकिएको छ।न्युज कारखाना

Logo