पार्टी विभाजनको औचित्य पुष्टि गर्न एकीकृत समाजवादीलाई नेता नेम्वाङको चुनौती

पार्टी विभाजनको औचित्य पुष्टि गर्न एकीकृत समाजवादीलाई नेता नेम्वाङको चुनौती

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवाष नेम्वाङले पार्टीलाई विभाजन गर्नुको औचित्य पुष्टि गरेर देखाउन नेकपा (एकीकृत समाजवादी) पार्टीको नेतृत्वलाई चुनौती दिएका छन्।

संविधानसभाका अध्यक्षसमेत रहेका उपनेता नेम्वाङले माधव नेपालप्रति लक्षित गर्दै ‘खाली तँ र म’ को कुरा गरेर पार्टी विभाजनको औचित्य स्थापित गर्न नसकिने पनि स्पष्ट पारे । विनाविचारधारा, दर्शन र कार्यक्रमविना पार्टी फुटाउन नपाउने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै उनले त्यस विपरित गएर माधव नेपालहरुले पार्टी फुटाएको आरोपसमेत लगाए। 

पार्टी निकट प्रगतीशील तथा पेशागत कानून व्यवसायी संगठनले शुक्रबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपनेता नेम्वाङले कुन विचारधारा, दर्शन र कार्यक्रमको आधारमा पार्टी विभाजन गरेको ? भनेर माधव नेताहरुलाई प्रश्न गर्न पनि पार्टीको सिंगो पंक्तिलाई आह्वान गरे। 

उपनेता नेम्वाङले घरघरबाट बाहिर आएर पार्टीलाई एकतावद्ध बनाउने अभियानमा जुटन पार्टीनिकट कानुन व्यवसायीहरुलाई आग्रह गरे।

कार्यक्रममा बोल्दै नेकपा एमालेका नेता एवम् पूर्व कानुनमन्त्री अग्नीप्रसाद खरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपालले अध्यक्ष केपी ओलीमाथि हुँदै नभएको जघन्य आरोप लगाएर पार्टीलाई फुटाउने काम गरेको बताए। 

नेता खरेलले दल फुटाउन अध्यादेश ल्याउने काम गरेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरे। लोकतन्त्रमा दलहरु फुटाउने काम गर्नु अपराध हुने उनको तर्क थियो।

Logo