सभामुखबाट संवैधानिक भूमिका मिचियाे, एमालेले सदनमा सशक्त प्रतिकार गर्छः ईश्वर पोखरेल

सभामुखबाट संवैधानिक भूमिका मिचियाे, एमालेले सदनमा सशक्त प्रतिकार गर्छः ईश्वर पोखरेल

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले सभामुख अग्निप्रसाद सापकोटाबाट संवैधानिक भूमिका निर्वाह नभएको जनाउँदै आगामी दिनमा पार्टी सदनमा कडारूपमा प्रस्तुत हुने बताएका छन्। 

एमालेनिकट युवा सङ्घ नेपालको टोखा नगरस्तरीय कमिटीको घोषणासभामा शुक्रबार महासचिव पोखरेलले एमालेले कारबाही सिफारिस गरिएका १४ प्रतिनिधिसभा सदस्यसमेतलाई मान्यता दिई एमाले विभाजन गराउने काम भएकाले यसको प्रतिरोध गरिने जनाएका हुन्। 

एमालेले भदौ १ गते तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसद्लाई पार्टीविरोधी कार्यमा संलग्न भएको र ह्विपको पालना नगरेका कारण कारबाही गर्न संसद् सचिवायलमा पत्र पठाएको थियो। 

उक्त पत्र विचाराधीन हुँदा राजनीतिक दलसम्बन्धी नयाँ अध्यादेशबमोजिम नेता नेपालको नेतृत्वमा भदौ ९ गते निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी)लाई दल दर्ताको मान्यता दिएको थियो । यो विषयमा एमालेले सर्वाेच्च अदालतमा रिट निवेदन पनि दिएको छ। 

महासचिव पोखरेलले एमालेले राजनीतिलाई सही बाटोमा ल्याउने जिकिर गर्दै हिजोभन्दा शक्तिशाली भएर पार्टी अगाडि बढ्दै राष्ट्रिय स्वाभिमान, सामाजिक न्याय र समृद्धिको यात्रालाई निरन्तरता दिने जनाए। 

Logo