राष्ट्रिय सभाकाे बैठक आज, राजनीतिक दल सम्बन्धी अध्यादेश पेस हुने

राष्ट्रिय सभाकाे बैठक आज, राजनीतिक दल सम्बन्धी अध्यादेश पेस हुने

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय सभाको बुधबारको बैठकमा राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७८ पेस हुने भएको छ। 

संघीय संसदको नवौँ अधिवेशन सुरु भएकै दिन बुधबार सो अध्यादेश पेस हुने भएको हो। यसअघि बुधबार बिहान कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो। 

सो बैठकपछि सार्वजनिक गरिएको राष्ट्रिय सभाको बुधबारको बैठकको सम्भावित कार्यसूचीमा सो अध्यादेश र संविधान सभा सदस्य जुठबहादुर खड्की (जेबी टुहुरे)को निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ। 

यसअघि बैठकको सुरुमै अध्यक्षले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूचीमा उल्लेख छ। 

Logo