उपाध्यक्ष फातिमाकाे नेपाल भ्रमणसँगै एमसीसीको दबाबमा दलहरू

उपाध्यक्ष फातिमाकाे नेपाल भ्रमणसँगै एमसीसीको दबाबमा दलहरू

केन्द्रबिन्दु
0
Shares

चार दिने नेपाल भ्रमणका लागि अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमार काठमाडौं आएसँगै राजनीतिक दलहरू दबाबमा परेका छन्। 

उपाध्यक्ष फातिमाले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीसहित विभिन्न राजनीतिक दलका नेताहरुसँग भेट्ने कार्यक्रम छ। प्रधानमन्त्री देउवालाई शुक्रबार फातिमाले भेट्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको प्रेस सहयोगी गोविन्द परियारले जानकारी दिए। 

यसअघि बिहीबार दिउँसो २ बजे बालकोट पुगेर एमाले अध्यक्ष ओलीलाई भेट्ने फातिमाको काठमाडौं आगमनले राजनीति दलरू दबाबमा परेका छन्।  फातिमासँग भेट्नु अघि बिहीबार सत्तारुढ गठबन्धनको बैठक बस्दैछ।

कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवबीच बिहीबार अपरान्ह भेटवार्ता हुने भएको छ। ‘उहाँहरूबीच आज अपरान्ह छलफल हुने तयारी छ। समय तय भइसकेको छैन’, प्रचण्डका प्रेस संयोजक  विष्णु सापकोटाले बताए। 

यता सत्तारुढ दलहरूमध्ये कांग्रेसले एमसीसी पारित गर्नुपर्ने खुलस्त रुपमा बताइसकेकाे छ। बुधबार पेरिसडाँडास्थित पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देशलाई अहित नहुने गरि एमसीसीबारे निर्णय लिनुपर्ने बताए थिए। सत्तारुढ दलहरुबीच नै एमसीसीबारे फरक फरक विचार रहेकाले समान धारणा बनाउन बिहीबार बैठक बस्न लागेको हो। 

प्रधानमन्त्री देउवाले एमसीसी पास गर्नुपर्ने भन्दै सबै दलका शीर्ष नेताहरुलाई सहयोग गर्न आग्रह गर्दै आएका छन्। बिहीबार बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले एमसीसीबारे अहिले धारणा बनाउने बताएका थिए। फातिमाले ओलीलाई बिहीबार दिउँसो २ बजे भेट्ने उनका प्रेस संयोजक रामकृष्ण बजगाईंले बताए। 

एमसीसी केन्द्रीय कार्यालयले बुधबार नेपाल सरकारलाई पत्र पठाउँदै एमसीसीका प्रावधानहरु संशोधन गर्न नसकिने र यो कुनै पनि सैन्य रणनीतिसँग सम्बन्धित नरहेको जानकारी दिएको छ। 

एमसीसीबारे राजनीतिक दलहरूबीच नै मतभेद छ। कांग्रेस एमसीसी पारित गर्ने पक्षमा छ भने माओवादी यथास्थितिमा पारित गर्न नहुने निष्कर्षमा छ। तर, यही बेला एमसीसी उपाध्यक्ष फातिमाको नेपाल भ्रमणको अर्थ पूर्ण मानिएको छ। अमेरिका यही समयमा एमसीसी सम्झौतालाई नेपालको संसदबाट पारित गराउने पक्षमा रहेको छ र सोही कारण फातिमाको नेपाल भ्रमण गराइएको टिप्पणी भइरहेको छ।न्युज कारखाना 

Logo