एमाले विभाजनको स्थानीय तहमा न्यून असरः ९० प्रतिशत प्रतिनिधि मूल घरमै

एमाले विभाजनको स्थानीय तहमा न्यून असरः ९० प्रतिशत प्रतिनिधि मूल घरमै

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादी पार्टीमा स्थानीय तहका जनप्रतिनिधिहरू अत्यन्त न्यून संख्यामा सनाखत गरेका छन्।

नेकपा एमालेले निकालेको प्रारम्भिक तथ्यांकमा १० प्रतिशतभन्दा कम जनप्रतिनिधिहरूले मात्र नेकपा एसमा सनाखत गरेका छन्।

तथापि निर्वाचन आयोगले भने आधिकारिक तथ्यांक सार्वजानिक गरेको छैन। आयोगका अनुसार अबको केही दिनपछि मात्र आधिकारिक तथ्यांक सार्वजानिक गरिने छ। 

एमालेले निकालेको प्रारम्भिक तथ्यांकमा भने मात्र ९.९४ प्रतिशत असर देखिएको छ।

एमालेबाट निर्वाचित कूल संख्या १४ हजार ७ सय १८ जनप्रतिनिधि मध्येबाट विभाजनको पक्षमा मात्र १ हजार ४६३ (९.९४%) लागेको दाबी गरेको छ।

एमालेका अनुसार १३ हजार २ सय ५५ पार्टीमै दृढ भएर बसेको जनाएको छ।
 

Logo