एमसीसीबारे फातिमा–ओली भेटवार्ता (भिडियोसहित)

एमसीसीबारे फातिमा–ओली भेटवार्ता (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

टप फाइब समाचारमा हामी दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचार संप्रेशण गर्ने गर्छौं। आजका टप फाइब समाचार ।

एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन बु्रक्स काठमाडौं आएका छन् । टोली कतार एयरवेजमार्फत् बिहीबार बिहानै काठमाडौं ओर्लिएको हो। टोलीले आजै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी ओलीलाई उनकै निवास वालकोटमा पुगेर भेटवार्ता गरेको छ। भेटमा एमालेले सत्तारुढ दलहरुले एमसीसीबारे स्पष्ट धारणा बनाएपछि मात्र आफूहरुले पोजिसन क्लियर गर्ने बताएको छ। 

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको १४औं महाधिवेशनका लागि महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन्। बिहीबार कांग्रेसका संस्थापक नेता बीपी कोइरालालाई आठ वर्षसम्म बन्दी बनाइएको स्थान सुन्दरीजल पुगेर उनले उम्मेदवारी घोषणा गरेका हुन्। उम्मेदवारी घोषणा गर्दै शर्माले कांग्रेसलाई तीनवटा निर्वाचन जिताउन महामन्त्रीमा आफ्नो उम्मेदवारी रहेको बताए। 

नेपालमा कुल प्रत्यक्ष वैदेशिक लगानी आर्थिक वर्ष २०७६\७७ को अन्त्यसम्ममा ८.५ प्रतिशतले बृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । यस्तै नेपालमा सबैभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी एफडीआई भारतबाट भित्रिएको छ। आर्थिक वर्ष ०७६\०७७ सम्म भारतबाट सबैभन्दा बढी अर्थात् ६२ अर्ब ४५ करोड रुपैयाँ वैदेशिक लगानी प्राप्त भएको हो । यस्तै भारतपछि दोस्रोमा छिमेकी मुलुक चीन भएको छ । चीनबाट ३० अर्ब ९७ करोड रुपैयाँ एफडीआई आएको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

पूर्व निर्धारित कार्यक्रमानुसार नेपालको राष्ट्रिय जनगणना २०७८ जेठ २५ देखि असार ८ गतेसम्म सम्पन्न गर्ने सरकारको योजना थियो । तर, कारोनाको दोस्रो लहरसँगै त्यो सम्भब नएपछि हाल पुनः सरकारले जनगणनाका लागि नयाँ मिति तय गरेको छ। नयाँ मिति कार्तिक २५ देखि मंसिर ९ गतेसम्मका लागि तय गरिएको छ। पूर्व निर्धारित समयमा जनगणना हुन नसक्दा खर्च बढेको बढ्यै गरेको केन्द्रिय तथ्यांक विभागले गुनासो समेत गरेको छ । 

अफ्गानिस्तानमा बनेको नयाँ तालिवान सरकारलाई चीन सरकारले समर्थन जनाएको छ ।  समर्थनसँगै चीन सरकारले तीन करोड १० लाख अमेरिकी डलर सहयोगको घोषणा पनि गरेको छ । तालिवान विद्रोहीले सत्ता कब्जा गरेपछि तत्कालीन राष्ट्रपति अशरफ घानी देश छाडेर भागेका थिए भने उनको सरकारले हात उठाएको थियो । घानी सरकारले हात उठाएपछि नयाँ सरकार गठन हुन नसकेको र नयाँ सरकार काम गर्न अन्यौलमा परेकोले दैनिक उपभोग्य वस्तुको व्यवस्थापनदेखि प्रशासनिक कामसमेतमा ठूलो समस्या देखिएको छ ।  

 

Logo