राष्ट्रिय सभाको आजकाे बैठकमा विविध अध्यादेश पेश हुँदै

राष्ट्रिय सभाको आजकाे बैठकमा विविध अध्यादेश पेश हुँदै

केन्द्रबिन्दु
0
Shares

सङ्घीय संसद्का दुवै सदनका बैठक आज अपराह्न १ बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुँदैछन्।

राष्ट्रिय सभाको आजकाे बैठकमा विधायन व्यवस्थापन समितिका सभापतिले लोकसेवा आयोग विधेयक, २०७५ सम्बन्धी समितिको प्रतिवेदन र अध्यागमन विधेयक, २०७६ सम्बन्धी दुई बेग्लाबेग्लै प्रतिवेदन प्रस्तुत गर्नेछन् भने गृहमन्त्री बालकृष्ण खाणले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८, पेश गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।

त्यसैगरी प्रतिनिधिसभा आजको बैठकमा शपथसम्बन्धी अध्यादेश, २०७८, रेल्वे अध्यादेश, २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८, स्वीकृतिका लागि प्रस्तुत गर्ने कार्यक्रम छ।

Logo