सभामुखले पार्टी फुटाउन पाइँदैन भन्ने नारा लगाउँदै एमालेले गर्यो संसद अवरुद्ध

सभामुखले पार्टी फुटाउन पाइँदैन भन्ने नारा लगाउँदै एमालेले गर्यो संसद अवरुद्ध

केन्द्रबिन्दु
0
Shares

शुक्रबार पनि प्रतिनिधि सभाको बैठक एमालेले अवरुद्ध गरेको छ। २३ गते बुधबारको प्रतिनिधिसभाको बैठक पनि एमालेले अबरुद्ध गरेको थियो।

आज पनि संसद् को बैठक प्रारम्भ हुनभन्दा अघि नै एमालेका सांसदहरूले सभामुख अघिको रोष्टम घेरेका छन्।

सभामुखले संसदको बैठक प्रारम्भ नै गर्न पाएनन्। 

संसद्मा एमालेका संसदहरूले बुधबारको झैँ ‘मर्यादापालकको दमन बन्द गर’,‘ससंदको सर्वोच्चता कायम गर’,‘अपमान र पक्षपातपूर्ण व्यवहार गर्न पाईदैन’,‘सभामुखले पार्टी फुटाउन पाइँदैन’भन्ने नारा लगाएका छन्।

सभामुखले भने जलबायु परिर्वतनका कारण देशमा भयानक वाढी पहिरोको समस्या छ, सदनमा यो विषयमा वृहत छलफल गर्नु छ। संसद् सुचारु हुन दिनुस् भन्दै अनुरोध गरेका थिए । तर, एमालेका सांसदहरूले भने संसद् अवरुद्ध गरेका छन्।

सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।

Logo