कांग्रेसमा बाँकी क्रियाशील सदस्यता सूची अविलम्ब प्रकाशन गर्न युवा नेताहरूकाे माग

कांग्रेसमा बाँकी क्रियाशील सदस्यता सूची अविलम्ब प्रकाशन गर्न युवा नेताहरूकाे माग

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका युवा नेताहरूले पार्टीका क्रियाशील सदस्यता प्रकाशित हुन बाँकी जिल्लाको नामावली अविलम्ब प्रकाशित गरि वडा अधिवेशन सम्पन्न गर्न नेतृत्वको ध्यानाकर्षण गराएका छन्।

पार्टीका एक दर्जन युवा नेताले शुक्रबार संयुक्त वक्तव्यमार्फत देशभर अधिवेशनको प्रक्रिया सुरु भइसक्दा पनि केही जिल्लाको क्रियाशील सदस्यताको सूची प्रकाशित हुन नसक्दा वडा अधिवेशनको कार्यतालिका नै प्रभावित भएको उल्लेख गरेका छन्।

हाल कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गतको कार्यतालिकाअनुसार ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ भने २० जिल्लाको क्रियाशील सदस्यको सूची सार्वजनिक हुन सकेको छैन। ती जिल्लामा अधिवेशनको प्रक्रिया पनि प्रारम्भ भएको छैन। यसले देशभर एकैपटक सुरु हुने अधिवेशनको परम्परालाई खण्डित तुल्याएको र अधिवेशनको आयोजनासमेतमा विभेद भएको युवा नेताहरुको भनाइ छ।

यस्तै कांग्रेसले अधिवेशन तालिका संशोधन गरि स्थानीय तहका अधिवेशनको मिति संशोधन गरेको छ। उक्त निर्णयप्रति पनि युवा नेताले ध्यानाकर्षण भएको उल्लेख गरेका छन्। युवा नेता डा चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गुरुराज घिमिरे, गगन थापा, बद्री पाण्डे, सरिता प्रसाईं, जीवन परियार, प्रदीप पौडेल, रामकृष्ण यादव र किरण यादवले विज्ञप्तिमार्फत पार्टीमा समानुपातिक प्रतिनिधित्वको माग सम्बोधन गर्न नेतृत्वको ध्यानाकर्षण गराएका छन्।

Logo