एमाले स्थायी कमिटी बैठक आज बस्दै

एमाले स्थायी कमिटी बैठक आज बस्दै

केन्द्रबिन्दु
0
Shares

नेकपा एमाले स्थायी कमिटीको बैठक आज  बिहान बस्ने भएको छ। 

एमाले केन्द्रीय कार्यालयका सचिव शेबरहादुर तामाङका अनुसार बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानको भवनमा बिहान ९ बजे बस्ने भएको हो।

बैठकमा विधान महाधिवेशन (प्रतिनिधि, दस्तावेज र व्यवस्थापन) र चालु संसद अधिवेशनमा पार्टीले खेल्ने भूमिकाबारे छलफल हुने उनले जानकारी दिएका छन्। 

एमाले स्थायी कमिटी बैठक शुक्रबार अपरान्ह ४ बजे बस्ने भनिए पनि अन्तिम समयमा स्थगित गरिएको थियाे।

Logo