वाग्मती प्रदेशः मन्त्री तथा पदाधिकारीलाई आचारसंहिता

वाग्मती प्रदेशः मन्त्री तथा पदाधिकारीलाई आचारसंहिता

केन्द्रबिन्दु
0
Shares

वाग्मती प्रदेश सरकारले सुशासन र पारदर्शी बनाउन प्रदेश सरकारका मन्त्री र पदाधिकारी आचार संहिता, २०७८ पास गरि सार्वजनिक गरेको छ। प्रदेशको मन्त्रिपरिषद्को बैठकले आचार संहिता पास गरेर सार्वजनिकसमेत गरेको हो।

प्रदेश सुशासन ऐन, २०७७ को दफा ४६ ले दिएको अधिकार प्रयोग गरी प्रदेश सरकार, मन्त्रिपरिषद्ले आचार संहिता जारी गरेको प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री केशवराज पाण्डेले बताए। प्रदेशका मन्त्री तथा पदाधिकारीले बागमतीका मन्त्री तथा पदाधिकारीलाई आचार संहिता कुनै पनि नियुक्तिमा आफन्त र नातागोतालाई प्राथमिकता दिन नहुने गरी पास गरिएको छ। 

प्रदेशलाई नमूना प्रदेशका रूपमा विकास गर्ने, युवा र महिलाका लागि आत्मनिर्भर बनाउन उद्यमशीलताको विकास गर्ने, सार्वजनिक सेवा प्रवाह सुशासनयुक्त प्रदेश बनाउने आचार संहितामा उल्लेख गरिएको छ।

संविधान कार्यान्वयनमा सक्रिय पहल गर्ने, दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिमा लगनशील भई शासन प्रणालीलाई सहभागितामूलक बनाउने, देश र जनताको हित तथा सेवामा निरन्तर सक्रिय रहने उद्देश्य पूर्तिका लागि सुशासन व्यवस्थापन तथा सञ्चालन गर्ने गरी आचार संहिता पास गरेको प्रदेश सरकारका प्रवक्ता पाण्डेले जानकारी दिए।

मुख्यमन्त्री शाक्यको राजनीतिक सल्लाहकारमा अर्याल

बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको प्रमुख राजनीतिक सल्लाहकारमा माधव अर्याल नियुक्त भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई राज्यमन्त्रीसरह सेवा–सुविधा पाउने गरि प्रमुख सल्लाहकारमा नियुक्त गरेको प्रवक्ता पाण्डेले जानकारी दिए। 

Logo