एमसीसी उपाध्यक्ष फातिमा र अर्थमन्त्री शर्माबीच भेट

एमसीसी उपाध्यक्ष फातिमा र अर्थमन्त्री शर्माबीच भेट

केन्द्रबिन्दु
0
Shares

मिलेनियम च्यालेन्ज कर्पोरेसनकी उपाध्यक्ष फातिमा सुमारले अर्थमन्त्री जनार्दन शर्मालाई आज सिंहदरवारमा भेटेकी छन्।

नेपाल भ्रमणको तेस्रो दिनमा उनले अर्थमन्त्री शर्मासँग आज अर्थ मन्त्रालयमा भेटेकी हुन्।

एमसीसी उपाध्यक्ष सुमारको नेतृत्वको प्रतिनिधिमण्डल गएको तीन दिनदेखि नेपालमा छ। टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ शीर्ष नेता र प्रमुख विपक्षी दलका अध्यक्ष केपी ओली लगायतलाई भेटिसकेको छ।

भेटका क्रममा अर्थमन्त्री  शर्माले नेपाल र एमसीसीबीच सन् २०१७ मा सम्पन्न मिलेनियम च्यालेन्ज कम्प्याक्टका विषयमा राजनीतिक स्तरमा छलफल भइरहेको बताए।

सो अवसरमा उपाध्यक्ष सुमारले कम्प्याक्टलाई संसद्बाट शीघ्र अनुमोदन गरी कार्यान्वयनमा लैजान आग्रह गरिन्।

सुमारको चार दिने भ्रमणमा भोलि सकिँदैछ । यता उनको भ्रमणकोबीच नेपालमा भने ‘नो एमसीसी’ भन्दै सडक आन्दोलन भैरहेको छ।

राजनीतिक दल अनिर्णयको बन्दी भएका कारण एमसीसी विवादले अझ बढी उग्र रुप लिने देखिएको छ।

Logo