यथास्थितिमा संसदबाट एमसीसी पास हुँदैनः माधव नेपाल

यथास्थितिमा संसदबाट एमसीसी पास हुँदैनः माधव नेपाल

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का केन्द्रिय अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा एमसीसी संसदबाट पास नहुने बताएका छन्।

‘एमसीसी परियोजनाले नेपालको स्वाधीनता, सुरक्षा स्वतन्त्रता र सार्वभौमसत्तामा कुनै पनि प्रभाव नपार्ने कुरामा विश्वस्त नभएसम्म स्वीकार गरिदैन,’ नेपालले भने।

शनिवार नेपालगञ्जमा आयोजना गरिएको नेकपा (एस) पार्टी निकट युवा संघ नेपाल लुम्बिनी प्रदेश भेलाको उद्घाटन तथा पिपुल्स भोलियन्टियर घोषणा कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष नेपालले देशको स्वाधीनता, स्वतन्त्रता र सुरक्षामा आँच आउने कुनै पनि सम्झौता आफ्नो पार्टीलाई स्वीकार्य नभएको बताएका हुन्।

नेपालले थपे, ‘हामीले एमसीसीका उपाध्यक्षलाई प्रष्टसँग भनेका छौंं कि यो परियोजनाले नेपालको स्वाधीनता, सुरक्षा स्वतन्त्रता र सार्वभौमसत्तामा कुनै पनि प्रभाव पार्ने छैन भन्ने कुरामा विश्वस्त नभएसम्म स्वीकार गरिने छैन ।’

देशमा पाँच दलको वाम लोकतान्त्रिक गठबन्धन र केपी ओलीको एमाले, राप्रपा लगायतको दक्षिणपन्थी गठबन्धन गरेर दुईवटा गठबन्धन रहेको जनाउँदै उनले दक्षिणपन्थीहरु विस्तारै विलाएर जाने दाबी गरे ।

नेपाल र नेपाली जनताको हितमा रहने सबै प्रकारका अन्तराष्ट्रिय सन्धि सम्झौताहरुको सम्मान गर्दै आएको र गर्ने जनाउँदै उनले कुर्सी र सत्ताका लागि जे पायो, त्यही गर्ने काम आफूहरुबाट नहुने जिकिरसमेत गरे । 

संविधान, व्यवस्था र संघीयता समाप्त गर्ने षड्यन्त्र गरिएपछि सो जोगाउन बनेको पाँच दलको वाम-लोकतान्त्रिक गठबन्धन आगामी निर्वाचन र त्यसपछि पनि कायम रहने बताए ।
 

Logo