एमालेले सार्यो विधान महाधिवेशन, शुक्रबार सभामुखले बल मिच्याईं गरेको निष्कर्ष

एमालेले सार्यो विधान महाधिवेशन, शुक्रबार सभामुखले बल मिच्याईं गरेको निष्कर्ष

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिस्ट पार्टी एमालेले विधान महाधिवेशन सारेको छ। एमालेको विधान महाधिवेशन दुई सातापछि सारेको हो।

स्थायी कमिटीको शनिबार बसेको बैठकले असोज ४–६ का लागि तय भएको विधान महाधिवेशनलाई १५–१७ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ।

पार्टीका सचिव योगेश भट्टराईले समयाभावका कारण विधान अधिवेशन सार्ने निर्णय गरेको बताए।

त्यस्तै, एमालेको बैठकले गएको बुधबार र शुक्रबार सत्ता पक्ष र सभामुखले बलमिच्याईं गरेको निष्कर्ष निकालेको छ।

एमालेले सरकार पक्षबाट हतार र छापामार शैलीमा बजेट ल्याएको पनि जिकिर गरेको छ।

बजेट र विध्येकका बारेमा पनि एमालेसँग कुनै छलफल नभएको र बैठक अघि गरिनुपर्ने बैठक पनि नभएको भन्दै एमालेले संसद्मा सरकारले र सभामुखले असंसदीय गतिविधि गरेको आरोप लगाएको छ, जसको पार्टीले घोर आपत्ति समेत जनाएको छ।

एमालेले आईतबारको बैठकमा पनि बिरोध गर्ने संकेत दिएको छ। सचिव भट्टराईले पत्रकारहरूसँग कुरा गर्दै बैठक संचालन गर्न नदिने छनक दिए। उनले संसदमा विरोध कायम रहने बताए।

तर, एमालेले सांसदहरूलाई मर्यादामा र सीमामा रहेर विरोध गर्न निर्देशन दिएको छ।
कस्तो प्रकारको विरोध अघि बढाइने भन्नेबारे भने आइतबार १० बजे संसदीय दलको बैठकमा छलफल गर्ने सचिव भट्टराईले जानकारी दिए।

क–कसले भाग लिदैँछन विधान महाधिवेशनमा (सूचीसहित)

नेकपा एमालेले विधान महाधिवेशनमा भाग लिन पाउने प्रतिनिधिहरुको टुंगो लगाएको छ । स्थायी कमिटीको शनिबार बसेको बैठकले करिब ३ हजार प्रतिनिधिको सैद्धान्तिक टुंगो लगाएको हो ।

राष्ट्रिय प्रतिनिधि परिषद् नरहेकोले विधानको बाधा अड्काउ फुकाउँदै एमालेले कुन कुन तहबाट कति सदस्यले विधान महाधिवेशनमा भाग लिन पाउने भन्ने टुंगो लगाएको हो ।

प्रचार विभाग प्रमुख योगेश भट्टराईले दिएको जानकारीअनुसार निम्न बमोजिम प्रतिनिधि रहनेछन् ।

१) केन्द्रीय कमिटीका पदाधिकारी र सदस्य
२) अनुशासन आयोगका पदाधिकारी र सदस्य
३) लेखा परीक्षण आयोगका पदाधिकारी र सदस्य
४) निर्वाचन आयोगका पदाधिकारी र सदस्य
५) केन्द्रीय विभागका सचिवसहित १५ सदस्य
६) सल्लाहकार परिषदका पदाधिकारी र सदस्य
७) जेष्ठ कम्युनिस्ट मञ्चका पदाधिकारी र सदस्य
८) प्रदेश र सो सरहका कमिटीका पदाधिकारी र सदस्य
९) विशेष कमिटीका पदाधिकारी र सदस्य
१०) जिल्ला कमिटीका पदाधिकारी र सदस्य
११) निर्वाचन क्षेत्रबाट महिला,दलित खुला एक सदस्य
१२) जनसंगठनका पदाधिकारीमध्येबाट १० जना
१३) पार्टी सदस्य रहेका संघीय संसदका सदस्य
१४) पार्टी सदस्य रहेका प्रदेशसभा सदस्य
१५) एमालेबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुख
१६) एकता प्रक्रिया र विभिन्न ठाउँबाट छुटेका १० प्रतिशत मनोनित

 

Logo