गोन्जालोलाई रिहा गर्न नेपालका कम्युनिष्ट नेताहरुको माग

गोन्जालोलाई रिहा गर्न नेपालका कम्युनिष्ट नेताहरुको माग

केन्द्रबिन्दु
0
Shares

नेपाली कम्युनिष्ट नेताहरुले पेरु कम्युनिष्ट पार्टी अध्यक्ष गोन्जालोसहित उनका टोलीलाई तत्काल रिहा गर्नुपर्ने माग गरेका छन् । 

नेपाल कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा कम्युनिष्ट विचारधाराका नेताहरुले पेरु कम्युनिष्ट पार्टी अध्यक्ष गोन्जालोसहित उनका टोलीलाई तत्काल रिहा  गर्नुपर्ने माग गरेका हुन् । 

कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले गोन्जालोले नेपालको कम्युनिष्ट आन्दोलनको पनि प्रेरणाको श्रोत भएकोले उहाँको रिहाइ गर्नुपर्ने बताए ।

त्यसैगरी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग इन्चार्ज धर्मेन्द्र बास्तोलाले गोञ्जालोले करिव ३० वर्ष लामो जेल जीवन बिताइरहेकोले पेरु सरकारले तत्काल रिहाइ गर्नुपर्ने माग गरे ।

त्यस्तै कार्यक्रममा जनवादी गायक जीवन शर्माले गोन्जालो संसारभरका क्रान्तिकारी नेताहरुको र सर्वाहारा क्रान्तिको हिरो भएकोले उहाँको तत्काल रिहाइ हुनुपर्ने बताए । 
    

Logo