प्रतिनिधि सभाको बैठक आज पनि बस्दै, चल्न नदिने एमाले रणनीति

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै, चल्न नदिने एमाले रणनीति

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएकाे हाे। सरकारले प्रतिस्थापन विधेयकबाट बजेट ल्याएपछिको यो पहिलो संसद् बैठक हो। 

अध्यादेशसम्बन्धी दर्जन प्रस्ताव पेश हुने सम्भावित कार्यसूची रहेको संघीय संसदको सचिवालयले जनाएको छ। 

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले शपथसम्बन्धी अध्यादेश, २०७८ लाई स्विकृतीका लागि प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ। यसैगरी प्रधानमन्त्रीले नै रेल्वे अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस् भन्ने प्रस्तावसमेत पेश गर्ने कार्यसूची रहेको संघीय संसदको सचिवालयले जनाएको छ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ५ वटा अध्यादेश पेश गर्ने कार्यसूची रहेको छ। त्यसैगरी कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दुई वटा र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले दुई वटा अध्यादेश प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

यस अघिका जस्तै आजको बैठक पनि सहज ढंगले अघि बढाउन नदिने एमालेकाे रणनीति छ। आफूहरुको विरोधका बीच शुक्रबार सरकारले प्रतिस्थापन विधेयक ल्याएर एकतर्फी संसद चलाएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले रुष्ट छ। 

सभामुख अग्निप्रसाद सापकोटाले एमाले फुटाउन सहयोगी बनेको आरोप उक्त पार्टीका नेताहरुले आरोप लगाउँदै आएका छन्। पार्टीबाट कारबाही गरिएका १४ सांसद्को कारबाहीलाई १३ दिनसम्म रोकेका सभामुख सापकोटाले दल विभाजन भइसकेपछि मात्रै निर्णय गरिरहनु नपर्ने भन्दै सूचना सुनाएपछि एमाले रिसाएको हाे।

Logo