प्रदेश २ मा लोसपा बन्याे प्रमुख प्रतिपक्षी दल

प्रदेश २ मा लोसपा बन्याे प्रमुख प्रतिपक्षी दल

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टी विभाजन भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी प्रदेश २ प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल बन्ने भएको छ। 

प्रदेश २ मा दल रोज्ने प्रदेशसभा सदस्यहरूको संख्या १६ पुगेपछि प्रमुख प्रतिपक्षी दलको मान्यता पाउने भएको छ। प्रदेशसभामा एक सय सात सदस्य रहेकोमा माओवादी केन्द्रले तीनजना हटाएपछि हाल एक सय चारजना कायम छन्। त्यसमध्ये सभामुखबाहेक जसपाका ३९ जना छन्। 

लोसपाको १६, कांग्रेसका १९ र एमालेका आठ, नेकपा एसको १३, माओवादी केन्द्रको आठ, नेपाल संघीय समाजवादीका एकजना प्रदेशसभा सदस्य छन्। हाल प्रदेशसभामा जसपा पहिलो, कांग्रेस दोस्रो, विभाजनपछि गठित लोसपा र नेकपा (एस) प्रदेशसभामा क्रमश: तेस्रो र चौथो ठूलो दल बनेको छ भने दोश्रो दलको रूपमा रहेको एमाले पाँचौँ, माओवादी केन्द्र छैटौँ र नेपाल संघीय समाजवादी पार्टी साताैँ दल बन्न पुगेको छ।

कांग्रेस दुई मन्त्रालयसहित सरकारमा सहभागी छ। माओवादी केन्द्रले एक मन्त्री र एक राज्यमन्त्री पाएकाे छ। नेकपा एसलाईसमेत सरकारमा सहभागी गराउने तयारी भइरहेको छ। नेकपा एसका नेता शत्रुधन महतोले संघीय सरकारमै आफ्नो पार्टीको सहभागिता र मन्त्रिपरिषद् विस्तारमा कठिनाइ देखिएका कारणले प्रदेश २ मा यस विषयमा छलफल नै सुरू नभएको बताए। 

‘हामी सरकारमा जान छौँ। तर, यस विषयमा केन्द्रमै सहमति भएको छैन। प्रदेशमा तत्काल छलफलसमेत सुरु भएको छैन’, उनले भने । कांग्रेस सरकारमा सहभागी भएपछि लोसपाले प्रमुख प्रतिपक्षीको रूपमा मान्यता पाउने भएकाे छ। 

प्रदेश २ का प्रदेशसभा सचिव रञ्जित यादवले भने, ‘दल गठनले मात्रै होइन निर्वाचन आयोगले दल गठन भएको औपचारिक जानकारी गराइसकेपछि गठित दलले दल मान्यताको प्रमाणसहित प्रदेशसभामा दावीसहितको माग गरेमा सोही दिनदेखि दलका नेता र प्रमुख सचेतकको सेवासुविधा पाउनेछन्।’

दुईवटा संसदीय दल र कर्मचारीसमेत थपिने तयारी गरिएको छ। यता, लोसपाका नेता परमेश्वर साहले आफ्नो पार्टीको चाँडै बैठक बसेर संसदीय दलको विधान निर्माण भएपछि नेता तथा प्रमुख सचेतक सचेतक चयन गरिने जानकारी दिए। उनले प्रमुख प्रतिपक्षीको हैसियताले सरकारको गुणदोषको आधारमा विरोध र समर्थन गर्ने बताए।न्युज कारखाना

Logo