प्रतिपक्षी दलको निरन्तरको सदन अवरोधपछि सभामुखले बोलाए सर्वदलीय बैठक

प्रतिपक्षी दलको निरन्तरको सदन अवरोधपछि सभामुखले बोलाए सर्वदलीय बैठक

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेको निरन्तर संसद् अवरोधकाबीच सभामुख अग्निप्रसाद सापकोटाले शीर्ष नेताहरूको सर्वदलीय बैठक आव्हान गरेका छन्। सोमबार दिउँसोलाई सभामुख सापकोटाले बैठक बोलाएका हुन् । सभामुख सापकोटाले शीर्ष नेताहरूको बैठक बोलाएको उनको सचिवालयले पुष्टि गरेको छ।

उनले सोमबार साढे २ बजे संसदको ल्होत्से हलमा बैठक बोलाएका हुन्।
त्यसो त सर्वदलीय बैठकका लागि सभामुखलाई सरकारका कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुझाएका थिए।

नेकपा एमालेका सचेतक विशाल भट्टराईसहित टोली, सभामुख र सरकारका प्रतिनिधि कार्कीबीचको छलफलमा मन्त्री कार्कीले सो प्रस्ताव सुझाएका थिए। लगत्तै सभामुखले बैठक आव्हान गरेका गृहमन्त्री बालकृष्ण खाणले संचारकर्मीहरूसँग भने।

एमालेका सचेतक भट्टराईसहित टोली, सभामुख र सरकारका प्रतिनिधि कार्कीबीचको छलफलमा भने एमालेले सभामुखलाई आफ्नो गल्ती सच्याउन आग्रह गरेका थिए।  त्यो सच्याएपछि मात्रै सदन चल्ने अवस्था रहने उनीहरूको भनाइ थियो ।

यता नेकपा एमालेले भने सर्वदलीय बैठकमा जाने वा नजानेबारे आफ्नो धारणा राखेको छैन। को जाने भन्ने बारे हालसम्म निधो दिएको छैन।

Logo