मन्त्री मनाङे भन्छन्, ‘पैसा केटाहरूसँग छ, अहिले मसँग केही छैन’

मन्त्री मनाङे भन्छन्, ‘पैसा केटाहरूसँग छ, अहिले मसँग केही छैन’

केन्द्रबिन्दु
0
Shares

गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) र अर्का एक मन्त्रीले हालसम्म सम्पत्ति विवरण पेस गरेका छैनन्। मन्त्री भएको ६० दिनभित्र विवरण बुझाउनु पर्ने नियम छ। मनाङे मन्त्री भएको करिब तीन महिना पुग्न लाग्यो।

२९ जेठमा तेस्रो पटक मन्त्रीमा नियुक्त भएका उनले हालसम्म सम्पत्ति विवरण बुझाएका छैनन्। ११ जना मन्त्रीमध्ये नौ जनाले दुई साताअघि विवरण पेस गरिसकेका छन्।

मन्त्री मनाङेले आफूसँग कति सम्पत्ति छ भन्ने पनि हेक्का नभएको बताए। ‘म आफैँ कन्फ्युज छु के, मसँग के छ, के छैन भन्ने कुरा। समस्या कहाँ छ भने, पहिली श्रीमतीलाई दिइसकेको छु। छोराहरूको नाममा राखेको छ। त्यसलाई मेरो भनुँ भने समस्या आउला’, उनले भने।

पहिले आफूले व्यापार गर्दा कमाएको भन्दै मनाङेले केही पैसा उठ्नै बाँकी रहेको बताए। ‘मैले बीचमा विजनेस गर्दाको पैसा छ। त्यो पैसा केटाहरूसँग छ। आएको छैन। आउनेवाला छ भनेर लेख्न नमिल्ने रहेछ’, उनी भन्छन्, ‘रामेले २० लाख लगेको छ, श्यामेले दुई करोड लगेको छ भनेर लेख्ने होइन होला। अहिले कुनै नयाँ व्यापार गरेको छैन। अब व्यापार गर्न लागिरहेको छु, मन्त्रालय सेटल भइसकेपछि। हामीले पनि भात खानु पर्‍यो। सरकारी पैसाले चिया खान पनि पुग्दैन।’

आफूसँग भएको केही सम्पत्तिमा मुद्दा चलिरहेको मनाङेले बताए। कर्तव्य ज्यान मुद्दामा कारबाही भोग्न बाँकी उनी अहिले गण्डकीको मन्त्रीका रूपमा कार्यरत छन्। मनाङेलाई अकुत सम्पत्ति कमाएको आरोपमा अर्को पनि मुद्दा परेको थियो। तर, उक्त मुद्दाबाट सफाइ पाइसकेको उनको दाबी छ।न्युज कारखाना

Logo