केही वर्षपछि एक्लिदै जाने हो कि भन्ने चिन्ता छः प्रचण्ड

केही वर्षपछि एक्लिदै जाने हो कि भन्ने चिन्ता छः प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू अब एक्लिदै जाने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन्।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले चिनियाँ कम्युनिष्ट पार्टीका नेता माओले जीवनको अन्तिम कालमा एक्लिएको दृष्टान्ट पेश गर्दै आफूलाई पनि कहिलेकाँही १÷२ वर्षपछि यस्तै हुने हो कि भन्ने चिन्ता लाग्ने गरेको बताए। आइतबार काठमाडौंमा आयोजित ‘नेपाली कम्युनिष्ट आन्दोलनको कार्यदिशा’ नामक पुस्तकको बिमोचन कार्यक्रममा बोल्दै उनले आफ्नो दिमागमा कहिलेकाँही त्यस्तो खालको चिन्तन आउने गरेको उल्लेख गर्दै त्यसबारे चिन्तनमनन गरिदिन पनि बाम बुद्धिजीविहरुलाई आग्रह गरे। 

अध्यक्ष दाहालले केपी ओलीप्रति संकेत गर्दै पुस्तकमा नहुनु पर्ने मान्छेको सन्दर्भमा धेरै लेखिएको भन्दै असन्तुष्टि पनि व्यक्त गरे । उनले नेपालको कम्युनिष्ट आन्दोलनको कार्यदिशालाई सही ढंगले अघि बढाउन विगतमा भएका इतिहासहरुको सही समीक्षा गरेर अघि बढनु पर्ने आवश्यकता पनि औंल्याए । अध्यक्ष दाहालले आफूले अझै कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गरेर अघि बढन चाहेको पनि पटकपटक दोहोर्याए।

Logo