संसद् बैठक असोज ४ गतेसम्मका लागि स्थगित

संसद् बैठक असोज ४ गतेसम्मका लागि स्थगित

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधि सभाको बैठक ४ असोजसम्मका लागि स्थगित गरिएको छ। मंगलबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले भने, ‘अब अर्काे बैठक २०७८ असोज ४ गते बिहान ११ बजे बस्नेछ।’ 

मंगलबारको बैठकले विनियोजन विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ भने सांसदहरू रुक्मशमशेर जबरा र मानबहादुर महतोको निधनमा शोक प्रस्ताव पारित गरेको छ। 

एमाले सांसदहरूको नाराबाजीकाबीच सभामुख सापकोटाले मंगलबार बैठकलाई कार्यसूचीमा प्रवेश गराएका हुन्। 

Logo