माधव नेपालले लिएको बाटो सही छैनः अष्टलक्ष्मी शाक्य

माधव नेपालले लिएको बाटो सही छैनः अष्टलक्ष्मी शाक्य

केन्द्रबिन्दु
0
Shares

वाग्मती प्रदेशकी मुख्यमन्त्री तथा नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले माधवकुमार नेपालले लिएको बाटो सही नभएको बताएकी छिन्।

प्रज्ञा भवनमा जिल्ला कमिटी काठमाडौंले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष शाक्यले मूल पार्टीमा फर्किन नेपाललाई अनुरोध गरेकी छिन्।

‘म भन्न चाहन्छु कमरेड माधव नेपालले लिनुभएको बाटो सही छैन, यसरी कहीँ पनि पुगिँदैन, आउनुहोस् पार्टीमै फर्किनुहोस्।’

कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल, वाग्मती प्रदेश मुख्यमन्त्री अष्टलष्मी शाक्य, इन्चार्ज रामबहादुर थापा बादललगायतका नेताहरूले सम्बोधन गर्दैछन्।

नेकपा एमालेले काठमाडौंमा वृहत् कार्यकर्ता भेला गरेर पार्टी विभाजनविरुद्ध सन्देश दिन खोजेको छ।

Logo