जालझेल र षडयन्त्र नगरी २ जेठमा फर्किने सहमति अक्षरस: पालना गरौं: अष्टलक्ष्मी शाक्य

जालझेल र षडयन्त्र नगरी २ जेठमा फर्किने सहमति अक्षरस: पालना गरौं: अष्टलक्ष्मी शाक्य

केन्द्रबिन्दु
0
Shares

एमालेकी उपाध्यक्ष एवं बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले २ जेठ ०७५ मा फर्किने सहमति अक्षरस: पालना हुनुपर्ने बताएकी छन्।

बिहीबार प्रज्ञा प्रतिष्ठानमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै शाक्यले एमाले सुदृढ बनाउन १० बुँदे सहमति र अन्तरपार्टी निर्देशन अक्षरस: पालना हुनुपर्ने बताएकी हुन्।

जालझेल र षडयन्त्र नगरी २ जेठ अक्षरस: पालना गर्नुपर्ने शाक्यको भनाइ छ। 'जो जुन पदमा थियो त्यहीँ फर्काउ। हामी अलग भएर के फाइदा भयो ? अन्तरपार्टी निर्देशन अक्षरस: पालना गर्नुपर्छ। हिजोका कुरा बिर्सिएर सुदृढ एमाले बनाउन छाति फराकिलो बनाउनु पर्छ। सम्पूर्ण कमिटी त्यही ढंगले पुनर्गठित हुँदै अघि बढ्नु पर्छ,' उनले भनिन् ।  

शाक्यले आजको आवश्यकता सुदृढ एमाले भएको बताउँदै भनिन्, 'कम्युनिस्टको हृदय विशाल हुन्छ। देशको रक्षा गर्छ । प्रतिक्रियावादीहरु कागजका बाघ हुन्,' उनले भनिन् ।   

शाक्यले नेकपा फुटिसकेपछि पुरानै पार्टीमा फर्किँदा एमाले हुन नसकेको अनुभव सुनाइन् । 'माओवादी आफ्नो हिसाबले अघि बढ्यो। हामी एमाले हुन सकेनौं। म नै रातभर l कतिपय बेला सुत्न सकिनँ। किन कम्युनिस्ट आन्दोलन एकजुट भएन, मिल्न सकेन भनेर मनभरि खेल्यो,' उनले भनिन्, ' तर १ जेठ २०७८ मा आएर खुसी भए। किनभने १० बुँदे सहमति भयो। आफ्नै घरभित्र बस्न पायौं भनेर खुसी भयौं। आफ्ना सबै पीडा भुलेर । समर्पण र त्याग थियो। फेरि एमाले हुँदा खुसी भयौं। आज हामी एमालेमा छौं।'  

शाक्यले अब एमाले कहिल्यै नटुक्रिने र नफुट्ने गरी सुदृढ बनाउन सबै कुरा छोड्नु पर्ने तथा त्याग र समर्पण गर्नुपर्नेमा जोड दिइन्।न्युज कारखाना

Logo