राजतन्त्रको विपक्षमा उभिँदा मदन भण्डारी मारिए: रामबहादुर थापा

राजतन्त्रको विपक्षमा उभिँदा मदन भण्डारी मारिए: रामबहादुर थापा

केन्द्रबिन्दु
0
Shares

एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ले राजतन्त्रको विपक्षमा उभिँदा मदन भण्डारी मारिनु परेको बताएका छन्। 

जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै बादलले राजतन्त्रको विपक्ष र गणतन्त्रको पक्षमा उभिँदा मदन भण्डारी मारिनु परेको बताएका हुन्। 

वर्ग संघर्ष र यससँगै राजनीतिक दलको विकासको व्याख्या गर्ने क्रममा उनले दलहरूमा र तिनका नेताहरूमा विकास भएको चेतनाले नै देश संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा आइपुगेको बताए। 

तर, यसबीचमा गणतन्त्रको चेतना भएका मदन भण्डारीजस्ता नेताहरू गुमाउनु परेको उनको भनाइ छ।  

दक्षिणपन्थी र विसर्जनवादी एमालेबाट अलग भए

‘बादल’ले देशमा देखिएको प्रतिगमनलाई एमालेले परास्त गर्ने दाबी गरेका छन्। उनले परमादेशमा सरकार बनेको र यसलाई प्रतिगामी कदमको रूपमा अर्थ्याए। दक्षिणपन्थी र विसर्जनवादी एमालेबाट अलग भएको भन्दै उनले एमालेले प्रतिगमन अन्त्य गरेरै छाड्ने बताए। न्युज कारखाना

Logo