ओलीको प्रश्नः माधव नेपाललाई पार्टीमा किन ल्याउने, फेरि पार्टी फुटाउन ?

ओलीको प्रश्नः माधव नेपाललाई पार्टीमा किन ल्याउने, फेरि पार्टी फुटाउन ?

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा अब माधवकुमार नेपाल आवश्यक नभएको बताएका छन्। 

काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले माधव नेपाल अब पार्टीमा आवश्यक पात्र नभएको टिप्पणी गरे।

ओलीले भने, ‘अझै पनि हाम्रा केही कमरेडहरूले माधव कमरेड आउनुस् भन्दै हुनुहुन्छ । फेरि किन आउने ? फेरि पार्टी फुटाउन ? माधव नेपालको आवश्यकता किन ? म बुझ्दिन । पार्टीमा छउन्जेल माधव नेपालले कहिल्यै पार्टी र सरकारको पक्षमा बोलेको सुन्नुभयो ?’ उनले पार्टीमा गुटबन्दी मात्र गरेको उनले बताए ।

ओलीले सम्बोधन गर्नुभन्दा अघि सोही कार्यक्रममा सम्बोधन गर्दै एमाले उपाध्यक्ष एवं बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधवकुमार नेपाललाई एमालेमै फर्किन आग्रह गरेकी थिइन्।

त्यसैको प्रतिउत्तरमा ओलीले माधव नेपालले पार्टीमा गुटबन्दी मात्र गरेको र साढे ३ वर्षमा सरकारको पक्षमा एक शब्द नबोलेको बताउदै अब पार्टीमा ठाउँ नरहेको जिकिर गरे।

त्यसो त नेता नेपाल आफूहरुको नेता भएको, एमाले बनाउन जीवन दिएको भन्दै शाक्यले भनेकी थिइन्, ‘एक पटक मन मनमा समीक्षा गर्नुस्, फर्किएर आउनुस् । सुदृढ एमाले बनाउनका लागि तपाईको भूमिका आवश्यक छ ।’

एमाले अध्यक्ष  ओलीले माधवकुमार नेपाल घरमा आगो लगाएर खरानी घसेर तीर्थयात्रामा निस्किएको टिप्पणी गरे।

Logo