भीम रावल षडयन्त्रकारी हुन् : सोडारी

भीम रावल षडयन्त्रकारी हुन् : सोडारी

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादी नेता दीर्घ सोडारीले भीम रावललगायत एमालेका १० जना युवा नेतालाई षडयन्त्रकारी बनेको आरोप लगाएका छन् ।

कैलालीको गोदावरी नगरपालिकामा बिहीबार आयोजित प्रथम नगर भेलामा उनले १० बुँदेका नाममा रावललगायतका नेताहरूले षडयन्त्र रचेको आरोप लगाए । 

‘हिजो ओलीलाई देखाईदिन्छौं भन्दै नारा लगाइरहेका थिए,’ सोडारीले भने,‘आज खुट्टा कमाएर त्यही ओलीको टाङमुनि छिरेका छन्, यो सवै षडयन्त्र हो ।’ उनले एमाले विभाजनपछि भीम रावलको वास्तविकता बाहिर आएको बताए । संसद् विघटनका वेला हामीसँग आउँदा रावललाई सबैले शत्तिशाली भएको ठानेका थिए,’ उनले भने,‘त्यो सत्य हैन, एमाले विभाजनपछि रावलको शक्ति प्रष्ट देखिसकेको छ ।’ 

रावल एमालेमा जाँदा पनि सुदूरपश्चिममा एकीकृत समाजवादी पार्टी पहिलो दल बनेको उनले बताए । ‘रावलले हामीसँग सहकार्य गर्दा हामीले नेता मानेका थियौं,’ उनले भने,‘तर उनका भक्त कोही थिएनन्, अहिले पनि नेकपा (एस) सुदूरपश्चिममा ठूलो दल बनेको छ ।’

उनले माओवादीबाट एमालेमा गएका लेखराज भट्टलाई समेत कमजाेर बनेको बताए । ‘भट्टलाई भोट दिएर जिताउने कार्यकर्ता माओवादीमै छन्,’ उनले भने, ‘एमालेमा गएर भट्ट एक्लिएका छन्, यो क्षेत्रमा हामी चुनाव जित्नेछौं ।’

सोडारीले रावललाई समाजवादी पार्टीमा आउन आग्रह गरे । समाजवादी पार्टीमा आए फेरि नेता मान्न आफूहरू तयार रहेको उनले बताए ।न्यूज कारखाना

Logo