के ५ लाखलाई दश–दश हजार बाँडेर गरिबी हट्छ ?: ओली

के ५ लाखलाई दश–दश हजार बाँडेर गरिबी हट्छ ?: ओली

केन्द्रबिन्दु
0
Shares

प्रतिपक्ष नेपाल कम्युनिस्ट पार्टी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ५ लाख नागरिकलाई जनही १० हजार एक पटक बाँडेर गरिबी हट्छ ? भन्दै सरकारलाई प्रश्न गरेका छन् । 

सरकारले गएको भदौ २५ गते प्रतिस्थापन विधेयकमार्फत असोजभित्र गरिवलाई १० हजारका दरले रकम दिन गरेको निर्णयलाई ओलीले कुनै मापदण्ड बिनै आफ्ना कार्यकर्तालाई सो रकम बाँड्न लागेको आरोप लगाए।

उनले देउवा सरकारलाई प्रश्न गर्दै भने– ‘को को गरिब ? जो जान्छ त्यही गरिब, कुनै मापदण्ड छ ? केही छ ? ५ लाखलाई दश हजार बाँडेर गरिबी हट्छ ?, रोजगारी सिर्जना हुन्छ ? कृषि आधुनिकीरण गर्ने केही छैन ।’ 

उनले घण्टाघर यो सरकारले बनाउन नसक्ने भन्दै बनाउन नसक्नेलाई नभत्काउन सुझाव दिए । उनले भने, ‘कस्तो मन पोलेको होला, धरहरा बनाएको देखेपछि घण्टाघर भत्काउने रे !’

उनले चुनावमा सत्तापक्ष हुक्वाँ गर्दै जाने तर चुनावपछि स्वाँ गरेर फर्कने बताए । 

उनले एमाले चुनावपछि नौमती बाजा बजाएर मूलगेटबाट सिंहदरबार पस्ने दावी समेत गरे।
 

Logo