पौडेल पक्षद्वारा डढेल्धुराको वडा तहमा पुनः निर्वाचन गराउन माग

पौडेल पक्षद्वारा डढेल्धुराको वडा तहमा पुनः निर्वाचन गराउन माग

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले डढेल्धुराको वडा तहमा पुनः निर्वाचन गराउन माग गरेको छ।

बिहीवार पार्टी कार्यालय सानेपामा पुगेको पौडेल पक्षले निर्वाचन समितिलाई भेटेर पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको वडा तहमा पुनः निर्वाचन गर्नुपर्ने माग राखेको हो । पत्रकारसँगको सक्षिप्त कुराकानीमा वरिष्ठ नेता पौडेलले डडेल्धुरादेखि देशका विभिन्न ठाउँमा समस्या आइरहेकाले त्यसको समाधान न्यायोचित ढंगले हुनुपर्ने बताए।

कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले डढेल्धुरामा पुनः चुनाव नहुने बताए। उनले हजारौँ संख्यामा सुरक्षाकर्मी परिचालन गरेर डेमोक्रेसी विपरित चुनाव गराइएको तर पुनः चुनाव हुने सम्भावना आफूले नदेखेको बताएका हुन्।

महामन्त्री कोइरालाले भने, ‘डढेल्धुरामा जुन काण्ड भयो, त्यसको बारेमा हामीले सोध्यौँ, त्यहाँ हजारौँ पुलिस अफिसर गए, त्यो डेमोक्रेसीको पक्षमा भएन, भन्ने कुरा राख्दा उहाँहरुले पनि मान्नुभयो, ठीक भएन भन्नुभयो, अब फेरि चुनाव हुनसक्ने सम्भावना म देख्दिन।’

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले डढेल्धुरामा भएको घटना ७५ वर्षे नेपाली कांग्रेसको इतिहासमै नभएको बताए। उनले जिल्लाको वडा अधिवेशनमा जिल्ला सभापति र जिल्लाका दुई तिहाइ सदस्य बिनै अधिवेशन गरिनु दुर्भाग्य रहेको भन्दै यसले डेमोक्रेसी अफ्ठ्यारोमा पारेको बताए।

पौडेल समूहले क्रियाशील सदस्यको विवादसम्बन्धी समस्या समाधान नगरी देउवाले डढेल्धुरामा वडा अधिवेशन गराएको भन्दै आपत्ती जनाउँदै आएको छ।  

Logo