एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आज उद्घाटन हुँदै

एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आज उद्घाटन हुँदै

केन्द्रबिन्दु
0
Shares

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आज बिहान उद्घाटन हुँदैछ। कामपा–३१, आलोकनगर, वाग्मती करिडोरस्थित कार्यालयको उद्घाटन पार्टी अध्यक्ष माधवकुमार नेपालले गर्ने कार्यक्रम छ। 

सत्तारूढ पार्टीले छिट्टै मुखपत्र, बुलेटिन र सामाजिक सञ्जाल पनि प्रकाशन गर्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले प्रस्तावित समाजवादी प्रेस सङ्गठन नेपालसँग आबद्ध पत्रकारसँगको भेटघाटमा जानकारी दिए। 

सोही अवसरमा पार्टी नेता तथा सांसद जीवनराम श्रेष्ठले सङ्घीय संसद् अवरोध हुँदा नेपाली नागरिकता, प्रहरी, तेजाबविरुद्ध, यौन हिंसाविरुद्ध, कोभिड सङ्कट, फौजदारी कसूर, औषधि, स्वास्थ्यकर्मीसँग सम्बन्धित अध्यादेश अलपत्र परेको जनाए। उनले विधिको शासन कायम गर भन्ने नेकपा (एमाले) ले नै संसदीय नियमावलीविरुद्ध संसद् अवरोध गरेको भनी आपत्ति पनि जनाए। 

यसैबीच वरिष्ठ पत्रकार शम्भु श्रेष्ठको संयोजकत्वमा २०५ संस्थापक सदस्यीय समाजवादी प्रेस तदर्थ समिति अर्काे हप्ता दर्ता गरिने तयारी भएको पत्रकार विश्वमणि सुवेदीले बताए। 

Logo