चितवन।
चितवनको इच्छाकामना गाउँपालिका–४ का वडाध्यक्ष होमबहादुर रानामगरको निधन भएको छ । भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा उपचारको क्रममा गए राति उनको निधन भएको हो ।
लामो समयदेखि कलेजो पीडित रहेका अध्यक्ष रानामगरको ३८ वर्षको उमेरमा निधन भएको गाउँपालिका प्रवक्ता सावित्री गुरुङले बताइन् । उनको शवलाई आजै नेपाल ल्याउने तयारी भइरहेको प्रवक्ता गुरुङले जानकारी दिइन् । रानामगरका श्रीमती र एक छोरी छन् ।
उनी नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।
प्रतिक्रिया