पाँच दलीय गठबन्धन बलियो बनाएर चुनावमा उत्रिन्छौंः माधव नेपाल

पाँच दलीय गठबन्धन बलियो बनाएर चुनावमा उत्रिन्छौंः माधव नेपाल

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमसीसीलाई पठाएका जवाफ आइसकेको र त्यसको बारेमा छलफल भइरहेको बताएका छन्। 

बानेश्वरको आलोकनगरमा पार्टीको केन्द्रिय कार्यालय उद्घाटनपछि अध्यक्ष नेपालले एमसीसीलाई सोधेका सात प्रश्नको जवाफका बारेमा छलफल भइरहेको र जनमानसको मानसिकतालाई ध्यानमा राखेर मात्रै एमसीसीको निर्णय लिने बताए ।

अध्यक्ष नेपालले गठबन्धन तोड्नको लागि अहिले अनेक किसिमको दाउपेच चलिरहेको बताउँदै भ्रामक कुराको पछि नलाग्न आग्रह समेत गरे ।

उनले तत्काल कुनै पनि पार्टीसँग पार्टी एकता नहुने र पाँच दलीय गठबन्धनलाई नै बलियो बनाएर चुनावी मैदानमा उत्रिने बताए ।

निजी, सार्वजनिक र सहकारी क्षेत्रलाई तालमेल मिलाएर राष्ट्रिय पूँजीलाई विकास गर्ने पार्टीको योजना रहेको बताउँदै अध्यक्ष नेपालले अन्याय र अत्याचारको बिरुद्धमा पार्टी दृढतापूर्वक लागी पर्ने पनि अभिव्यक्ति दिए ।

 

Logo