हरहिसाबको माग गर्दै कल्याणपुर नगरपालिकामा चौथो पटक तालाबन्दी

हरहिसाबको माग गर्दै कल्याणपुर नगरपालिकामा चौथो पटक तालाबन्दी

केन्द्रबिन्दु
0
Shares

हरहिसाबको माग गर्दै स्थानीयवासीले सिरहाको कल्याणपुर नगरपालिकामा चौथो पटक तालाबन्दी गरेका छन् । 

नगरपालिकाबाट भएको कामकाज र त्यसमा भएको खर्चको हरहिसाब पटकपटक माग गर्दै आए पनि सुनुवाइ नभएपछि पुनः तालाबन्दी गरेको स्थानीयवासीले बताएका छन् ।

कार्यवाहक नगरप्रमुख रोहिणीकुमारी यादवलाई पटक पटक हिसाबकिताब सार्वजनिक गर्न माग गर्दै आए पनि आलटाल गरेकाले पुनःतालाबन्दी गरेको स्थानीयवासी प्रदीप साहले जनाए । 

जिल्लाका अधिकांश स्थानीय तहले नगरसभाबाट हरहिसाब सर्वजानिक गरिसके पनि कल्याणपुरले अझै नगरसभा गर्न नसकेको र हरहिसाबसमेत सार्वजनिक नगरेकाले विरोधस्वरुप तालाबन्दी गरिएको सहाको भनाइ थियो । 

यसअघि पनि पटकपटक स्थानीयले हरहिसाब सार्वजनिक गर्नुपर्नेलगायतका मागसहित तालाबन्दी गरेका थिए । नगरप्रमुख सूर्यनाथ मण्डल निलम्वनमा परेपछि उपप्रमुख यादवले कार्यवाहक नगरप्रमुखका रुपमा कार्य सम्हाल्दै आएकी छिन् । रासस
 

Logo